सशस्त्र प्रहरीले ठुलो परिमाणमा अबैध लागु औषध सहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा भारतको सुगौलीबाट बीरगंजको स्थलमार्ग प्रयोग गरी काठमांडौ तर्फ जाँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय स्कारपियो गाडिलाई मकवानपुर जिल्लाको इन््रदसरोवर गाउँपालिका वडा नम्बर २ हेभी चोकमा सशस्त्र प्रहर िबल नेपाल बिपद् ब्यवस्थापन बेश कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा स्कारपियो गाडीको तीनवटा ढोकामा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा नोफिन २ हजार ४ सय वटा, डाईजेपाम २ हजार ४ वटा, प्रोमेथाईजन हाईड्रोक्लोराईट २ हजार ४ सय वटा र ट्रमाडोल हाईड्रोक्लाराईड क्याप्सुल ५ वटा बरामद गरिएको हो । लागु औषध पक्राउ पर्नेहरुमा भारत बिहार सुगौली घर बताउने ४३ वर्षीय शेष सपुर, १९ वर्षीय निसाव आलम , २५ वर्षीय ओसिम अहम्मद र २४ वर्षीय शेष गजुर रहेका छन् । उनीहरुको अबैध लागु औषधको कारोवारीहरु समेत रहेको सशस्त्र प्रहरीले जनाएको छ । लागु औषध पक्राउ परेका चारजनालाई सशस्त्र प्रहरीले गाडी सहित थप कारवाहीको लागी ईलाका प्रहरी कार्यालय भिमफेदी पठाइएको सशस्त्र प्रहरी निरीक्षक अमृत थापाले भन्नु भयो ।