जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले चलाएको अभियान अन्तर्गत लागु औषध सेवन गरी झै झगडा तथा राष्ट्रसेवक कर्मचारीहरु माथी दुब्र्यवहार गरेको आरोपमा १६ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाइएको बताउनु भएको छ । पक्राउ पर्नेहरुमा बीरगंज महानगरपालिका वडा नम्बर १७ बस्ने २५ वर्षीय सुजित पटेल, सिरहा धनगढीमाई नगरपालिका वडा नम्बर १० बस्ने २८ वर्षीय दिनेश कुमार श्रेष्ठ, बीरगंज महानगरपालिका वडा नम्बर १७ बस्ने ३० वर्षीय राहुल यादव , सोही स्थान बस्ने २७ वर्षीय श्यामसुन्दर यादव, २४ वर्षीय ऐजे दास, वडा नम्बर २१ बस्ने २५ वर्षीय फिरोज अन्सारी, वडा नम्बर २१ ब्स्ने २३ वर्षीय देवनारायण राम, जिल्ला धनुषा नगरपालिका वडा नम्बर १ बस्ने ३५ वर्षीय जितेन्द्र कुमार यादव, बीरगंज महानगरपालिका वडा नम्बर १३ बस्ने २६ वर्षीय सुमित कुशवाहा , पर्सा बिन्दवासिनी गाउँपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय नितेश मुखिया, बीरगंज महानगरपालिका वडा नम्बर १४ बस्ने २९ वर्षीय दिनानाथ पटेल, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय मनुप अछामी , सोही स्थान बस्ने २६ वर्षीय टलक बहादुर केसी, बीरगंज महानगरपालिका वडा नम्बर १४ बस्ने २५ वर्षीय दिपेन्द्र पासवान, पर्सा ठोरी गाउँपालिका वडा नम्बर ४ बस्ने २७ वर्षीय रोहन बुढाथोकी र पर्सा जिल्ला धोबिनी गाउँपालिका वडा नम्बर ३ बस्ने २९ वर्षीय रिजवान हवारी रहेका छन् ा पर्सा जिल्लाको मुख्य नाका भन्दा भित्री सीमा नाकाहरुमा अबैध क्रियाकलाप बढ्को जनगुनासो आएपछि पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले बिशेष अभियान चलाएर पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ जानकी टोल स्थित लागु औषध सेवन गररी झै झगडा सर्वसाधारण नागरिकहरुलाई पनि दुब्र्यवहार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय जानकी टोला तथा जिल्ला प्रहरी कार्यालय पर्साको संयुतm प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका १६ जनालाई सार्वजनिक शान्ति सुरक्षा अन्तर्गत कसुरमा नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक मिश्रले भन्नु भयो ।