सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्र्वाटर पर्साबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा भन्सार छली गरी ल्याएको मोवाईलको पार्टस सहित मोटरसाईकल नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी उपरिक्षक पुरन चन्द्र भट्टले बताउनु भयो । भन्सार छली तथा चोरी पैठारी गरेर आईरहेको सुचना पाएपछि सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपािलका वडा नम्बर १७ स्थित रहेको आन्तरिक कन्टेनर टर्मिनल आएसीपी क्षेत्रबाट ६ लाख ५० हजार मुल्य बराबरको बिभिन्न कम्पनीको मोबाईलको पार्टसहरु बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक भट्टले भन्नु भयो । तस्करहरुले सशस्त्र प्रहरीलाई हेर्न बितीकै मोटरसाईकल छाडेर फरार भएका हुन् । तस्करीमा प्रयोग गरिएको भारतीय मोटरसाईकल सहित मोवाईलको पार्टसहरु कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाइएको बताउनु भयो । सशस्त्र प्रहरी बल १३ नम्बरका गणपति पुरनचन्द भट्टले तस्करी नियन्त्रण गर्नका लागी बिशेष अभियान नै चलाएका छन् ।