मधेश प्रदेशको बिभिन्न जिल्लाहरुमा खानेपानीको चरम संकट उत्पन्न भएको छ । बिज्ञहरुले बताए अनुसार मधेश प्रदेशको अधिकांश जिल्लाहरुमा जलवायु परिर्वतनको असरले गर्दा खानेपानीको अभाव भएको निष्कर्ष निकालेका हुन् । बीरगंजमा तीन वर्ष पहिला देखी नै खानेपानीको समस्या देखिएको थियो । यो समस्या समाधान हुने कम नै देखिएको छ । किनभने चुरेको संरक्षण नभएसम्म मधेश प्रदेश लगायत जिल्लाहरुमा पानीको समसया झन बढ्दै जाने छ ा संघीय, मधेश प्रदेश तथा स्थानिय सरकारले खानेपानी पानी बितरण तथा ठाउँ ठाउमा बोरिड जडान गरिरहेका छ । पिउने पानीमा पनि अहिले राजनितिक भईरहेको हामी सबैले स्पष्ट बुझेका छौ । नेता तथा कार्यकताहरुको घर आँगनमा मन्त्रीहरुले एक वा दुई दिनमा नयाँ खानेपानीको बोरिड जडान गरेका छन् । शुद्ध तथा स्वच्छ पानी पिउन सबै जनाको अधिकार हो ा यो अधिकारबाट मन्त्रीले पनि बञ्चित गर्न पाईदैन् । मनुष्यको जीवनमा खानेपनी जस्तो अतिआवश्यक भएको हुनाले सबैजनालाई खानेपानी मिलोस , चुरे संरक्षण गर्नका लागी हामी सबै जना एकजुट हुन आवश्यक रहेको छ ा