बीरगंजमा थप ७५ जनामा हैजाको संक्रमित पुष्टि भएको छ । हैजाका संक्रमित बिरामीहरु बीरगंजको अस्पतालमा चाप बढ्दै गईरहेको छ । एक हप्तामा पर्सा जिल्लामा हैजाका कुल संक्रमित ६२४ सम्म पुगेको हो । बीरगंजको नारायाणी अस्पताल लगायत निजी अस्पतालमा हैजाका संक्रमितहरुको उपचार भईरहेको छ भने ५०४ जना अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् । हैजा संक्रमित बिरामीको सरकारी तथा निजी असपताल गरी १७ वटा स्वास्थ्य संस्थामा १९३ जनाको उपचार भइरहेको छ भने ती मध्ये ३३ जना आइसीयु र ४ जना एचडीयुमा उपचार भईरहेको छ । पछिल्लो दिन भन्दा हैजाका संक्रमित बिरामीहरु बढ्दै गएको चिकित्सकहरुको दाबी रहेको छ । हैजामा कुनै प्रकारको लापरवाही नगर्ने चिकित्सकले सल्लाह दिदै हैजाको लक्ष्ण देखिएमा तुरुन्तै अस्पतालमा उपचार गराउन सुझाव दिएका हुन् । पर्सा जिल्लाको सदरमुकाम पोखरीया नगरपालिका लगायत बारा जिल्लामा केही ब्यतिmहरुमा उतm हैजाको संक्रमित बिरामीहरु भेटिएका छन् । उनीहरुको अस्पतालमा उपचार भईरहेका छ ा अन्य जिल्लाहरुमा भाडापखालाका बिरामीहरु बढ्दै गईरहेका छन् । उतm हैजाको प्रकोप गम्भीर बन्दै गएकोमा चिकित्सकहरु गम्भिर भएका छन् । हैजालाई रोकथाम तथा नियन्त्रण गर्नका लागी तीनै तहका सरकार लागी परेका छन् । यसैगरी नेपाली कांग्रेशका महामन्त्री गगन थापाले बीरगंज लगायत आसपासमा देखिएको हैजाको संक्रमितबाट बच्नका लागी औषधीजन्य तथा जनशतिm तयारी अवस्थामा राख्नुपर्ने कुरामा जोड दिनुभएको छ । नारायाणी अस्पतालमा हैजाका बिरामीहरुका आफन्त तथा अस्पतालका प्रशासन सँग छलफल एवम् भेटघाट गर्दे हैजा संक्रमित बिरामीहरुको उपचारमा कुनै प्रकारको कमी नगर्ने अनुरोध गर्नु भएको हो । महामन्त्री गगन थापाले संघीय सरकारका स्वास्थ्य मन्त्री सँग आफु भेटघाट गरी बीरगंजमा हैजा नियन्त्रण गर्नका लागी औषधीजन्य समाग्रीहरु पठाउन आग्रह गर्ने बताउनु भयो । महामन्त्री गंगन थापा बीरगंजको नारायणी अस्पतालमा अझै सरसफाई हुनुपर्ने बताउनु भयो ।