पर्सा जिल्लामा जापनिज इन्सेफलाइटिसको संक्रमण फेला परेको छ ा जिल्ला स्वास्थ्य कार्यालय पर्साले दिएको जानकारी अनुसार बीरगंज महानगरपालिका वडा नम्बर ८ बस्ने ८ वर्षीय बालक र ठोरी गाउँपालिका वडा नम्बर ३ बस्ने ८४ वर्षीय बृद्ध महिलामा पोथी लामखुटेको टोकाईबाट सर्ने जापनिज इन्सेफलाइटिस रोग संक्रमण पृष्टि भएको छ । संक्रम(ा भएका दुबैजना उपचार पछि डिस्चार्ज भएर घर फर्किएका छन् । यता बीरगंजमा जापनिज इन्सेफलाइटिस सक्रमण देखिएपछि महानगरपालिकाले बीरगंज महानगरपालिका वडा नम्बर १९ र वडा नम्बर २२ मनियारीका सुँगुर तथा बंगुर फार्ममा गरिएको अनुगमनका क्रममा किसान र स्थानीयलाई रोगको जोखिमबारे सचेत गराइएको छ। अभियानमा कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा, वन वातावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोली सहभागी थियो।
सुँगुरपालन क्षेत्रमा रोगको सम्भावना बढी हुने भएकाले सरसफाइमा निरन्तर ध्यान दिन, पानी जम्न नदिन, मलमुत्रको उचित व्यवस्थापन गर्न तथा लामखुट्टे नियन्त्रणका उपाय अपनाउन किसानलाई आग्रह गरिएको छ। साथै फार्मभित्र बाहिरी व्यक्तिको आवागमन नियन्त्रण, पशुपन्छीलाई स्वच्छ वातावरण उपलब्ध गराउने र दैनिक सरसफाइलाई प्राथमिकतामा राख्ने विषयमा जोड दिइएको हो
महानगर प्रमुख राजेशमान सिंहले रोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै नियमित रूपमा औषधि छर्किने र फार्मस्तरमा सरसफाइ अनुगमनलाई तीव्रता दिइएको जानकारी दिनुभयो।
अनुगमन टोलीमा पशु चिकित्सक डा। सुदिप कुमार शर्मा, वातावरण शाखाका प्रकाश ऐर र महानगर प्रहरी निरीक्षक हरि भुषाल सहभागी थिए।