पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नम्बर १ मा नि शुल्क आँखा उपचार शिविरको सम्पन्न भएको छ । बीरगंज सामुदायीक आँखा अस्पताल , आसपा नेपालको सहकार्य तथा श्री नेपाल राष्ट्र माबीको आयोजनामा सम्पन्न भएको नि शुल्क आँखा उपचार शिविरमा शिक्षक , शिक्षीका , बिधार्थी लगायत अभिभावकहरुको आँखा उपचार भएको छ । ५२८ जनाको आँखा उपचार हुदाँ ती मध्ये २१ ज्नाको मोतिया बिन्दु रोग फेला परेको हो । मोतिया बिन्दु फेला परेका २१ जनालाई आउने सोमवार निशुल्क शल्यक्रिया गरिने छ ।