मधेश प्रदेशका डिआईजी उमा चतुर्वेदीले तस्करहरु सांठगाँठ गर्नका लागी आफनो गोप्य प्रहरी नै परिचालन गरेका छन् । प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा घुमुवा परिचालन गर्न नपाउने हरेक जिल्लाहरुमा पत्रचार गरेपनि जिल्लाका प्रमुख तथा प्रदेशका डिआईजीले सुचना संकलनको नाउँमा सादा पोशाकामा प्रहरी खटाई तस्करहरु सँग साठगाँठ गरी रकम उठाउने प्रयोजनमा प्रयोग गर्दै आईरहेका छन् । डिआईजी चतुर्वेदीले हरेका जिल्लामा आफनो प्रहरी खटाएका छन् । खटाएका प्रहरीबाट नै तस्करहरुको बिवरण लिई डिआइजी चतुवर्देली जिल्ला प्रहरीबाट नै रकम असुल्ने गरेका छन् । मधेश प्रदेशमा डिआइजी उमा चतुर्वेदीको आगमान भएलग्तै ठुलो मात्रामा तस्करहरुबाट जिल्लाका प्रहरी प्रमुखले तस्कर सँग नजराना बुझाएको हो । अहिले मधेश प्रदेशबाट ब्यापक तस्करी मौलाएको छ । प्रहरीले खुले आम रकम असुल्ने काम गर्दा पनि डिआईजी साहेबले कारवाही गर्नुको सटा झन आशिवार्द दिएर बसाउनु भएको रहेछ, डिआइजी चतुर्वेदी आफु एआइजी बन्नु पर्ने भन्दै जति हुन्छ रकम उठाउन आदेश दिएको एक प्रहरीले नाम नछाप्ने शर्तमा भने, मधेश प्रदेशको जिल्लाहरुबाट डिआइजी चतुर्वेदीलाई ६० लाख रुपैया तस्करीको रकम जाने गरेको छ ।