पुर्वराष्ट्रपति बिधादेबी भण्डारीलाई एमालेका नेता तथा कार्यकताहरुले ५१ किलोको माला लगाएर सिमरा बिमानस्थलमा स्वागत गरेका छन् ा पुर्वराष्ट्रपति बिधादेबी भण्डारीको स्वागतमा एमाले पार्टीमा सक्रिय राजनितिक गरीरहेका बारा पर्सा तथा रौतहट जिल्लाका नेताहरुको बाक्लो उपस्थिती रहेको थियो । बीरगंज उधोग वाणिज्य संघले आयोजना गरेको बृहत महिला सम्मेलन २०८२ मा प्रमुख अतिथीको रुपमा सहभागी हुन बीरगंज आएकी हुन् । कार्यक्रमको उद्घाटन गर्दै पुर्वराष्ट्रपति भण्डारीले महिला परिवारको सदस्य मात्र नभई सम्पुर्ण समाज परिवर्तनको आधार भएको बताउनु भयो । परिवार निर्माण देखी उधोग ब्यवसायी , शिक्षा , स्वास्थ्य लगायत क्षेत्रमा महिलाहरुको योगदान अग्रपंतिमा रहेको बताउंदै महिलाको सहयोगले मात्र समाजमा परिवर्तन ल्याउन सकिने कुरा बताउनु भयो । देशको आर्थिक नगरी बीरगंजका उद्दमी महिलाहरुले ब्यवसायी गरेरे अग्रपति भुमिका खेलेकोमा पुर्वराष्ट्रपति भण्डारीले प्रशंसा गर्दै महिलाहरुको सक्रियातले सिंगो देशमा परिर्वतन ल्याउन सक्ने बताउनु भएको छ । महिला उधोगमशीलतालाई सम्मान र प्रोत्सान गर्नुपर्नै भन्दै अगामी पुस्तालाई प्रेरणा दिई अगाडी बढ्नुपर्ने कुरामा जोड दिनुभयो ा बिभिन्न क्षेत्रमा बसेर समाजमा उदारणनीय कार्य गरेका महिलाहरुलाई पनि सम्मान गरिएको थियो ा यसैगरी नेकपा एमाले केन्द्रिय समितीले पुर्वराष्ट्रपति बिधादेबी भण्डारीको कार्यक्रममा सहभागी नहुन बारा पर्साका नेता तथा कार्यकताहरुलाई उर्दी नै जारी गरेको एमाले पर्साका एक नेताले नाम नछाप्ने शर्तमा भने, केन्द्रिय कार्यालयबाट हामीलाई व्हीप नै जारी भएको संञ्चार माध्यमहरुलाई अवगत भएपछि सिमरा बिमानस्थलमा पर्सा तथा बारामा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । सिमरा बिमानस्थलमा बुद्ध एयरको जहाजबाट अवतरण गर्नु भएकी पुर्वराष्ट्रपति बिधादेबी भण्डारीको स्वागतमा एमाले नेता तथा कार्यकताहरुको उपस्थिती देख्दा बिघा देबी भण्डारीले राजनितिमा कमब्याक गरेको सन्देश दिन खोज्नु भएको स्पष्ट देखिएको छ ा पुर्वराष्ट्रपति बिधादेबी भण्डारीको स्वागत गर्नलाई नेकपा एमाले पार्टीका केन्द्रिय अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका बिश्वासपात्र नेताहरुको उपस्थिती रहेको थियो ।