खानेपानी मन्त्री प्रदिप यादवलाई फोन मार्फत अपशब्द बोलेको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो । आफुलाई भोजपुरीको अभिनेत्री बताउने किरण साहको परिवारका सदस्यहरु हैजा संक्रमणका कारण अस्पतालमा भर्ना भएका थिए ा किरण साहले मन्त्री यादवलाई टेलीफोन गरी चर्काे स्वरमा भोजपुरी भाषा प्रयोग गर्दै हैजाका संक्रमणले गर्दा अहिले सम्म कति जनाको मृत्यु भएको छ मन्त्री प्रदिप यादव ज्यु , तपाईले जडान गरेको खानेपानीको पाईपबाट नै हैजाको संक्रमण फैलिएको भन्दै चर्काे स्वरमा मेरो फोन किन नउठाएको भन्दै सवाल गरेको अडियो अहिले सामजिक सञ्जालमा भाईरल नै भएको छ । मन्त्री त जनताको सेवक हो । जनताले केहीभने पनि मन्त्री होस वा निर्वाचित सासद हास्दै सामन्य ढंगले लिनुपर्ने हो । प्रहरी नियन्त्रणमा रहेकी किरण साहले मन्त्री यादवलाई चर्काे स्वरमा बोलेको सुन्निछ तर अपशब्द भाषा प्रयोग गरेको भन्न मिल्दैन् । जारी गरिएको अडियो क्लीपमा किरण साहले मन्त्री यादवलाई अपशब्द भाषा प्रयोग गरेको हाल सम्म सार्वजनिक भएको छैन् । किरण साहले पनि मन्त्री प्रदिप यादव सँग सम्वाद गरेको अडियो क्लीप सामजिक सञ्जालमा हाल्नु गलत बिषय हो । किरण साहले मन्त्री यादव सँग हैजा संक्रमणको बिवरण लिनु उदेश्य भन्दा पनि सामजिक सञ्जालमा भाईरल हुनका लागी किरण साहले उतm प्रोपगण्डा मच्चाएको स्पष्ट देखिएको छ । सामजिक सञ्जालमा मन्त्री प्रदिप यादवको पक्ष तथा बिपक्षमा टिका टिप्पणी भईरहेको छ । मन्त्री यादवलाई अशपब्द भाषा प्रयोग गरेको हुनाले स्वकीय सचिवले निवेदन दिएपछि बारा कलैया उपमहानगरपालिका वडा नम्बर २६ सिसुवा महेशपुर घर भई हाल बीरगंज महानगरपालिका वडा नम्बर १३ बस्ने किरण साहलाई सोधपुछको लागी जिल्ला प्रहरी कार्यालय पर्सा राखिएको प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनु भयो ।