हैजाको प्रकोप नियन्त्रणमा नआएपछि बीरगंज महानगरपालिकाले नगर क्षेत्र भित्र रहेका सम्पुर्ण बिधालयहरु थप तीन दिनको लागी बन्द रह्ने निर्णय गरीएको छ । हैजाको संक्रमण बढ्ने क्रममा भएपछि बीरगंज महानगरपालिका नगर प्रमुख राजेश मान सिंहले आइतवार देखी मंगलवार सम्म सम्पुर्ण सरकारी तथा निजी बिधालय , कोचिड र ईन्स्टिच्युट बन्द गर्नै निर्णय गरेको हो । महानगरपालिकाले बन्दको अवधिमा विद्यालयहरूलाई शौचालय तथा खानेपानीको ट्याङ्की सफा गर्न, क्लोरिन प्रयोग गरी पानी शुद्धीकरण गर्न, स्वास्थ्य संस्थासँग समन्वय गर्न र विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन निर्देशन दिएको छ।