बीरगंजको होटल मकालुमा पुर्व प्राथमिक शिक्षक शिक्षिकामुखी दुई दिने कार्यशाला तालिम सम्पन्न भएको छ । दुई दिने सम्म चल्ने तालिममा प्याब्सनमा आवद्ध रहेको ५३ बिधालय मध्ये ३१ व्टा बिधालयका १६३ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो । भित बिि उचष्खबतभ बलम दयबचमष्लन कअजययकि दभ गलष्तभम भन्ने नारासहित निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याब्सन पर्सा ले तालिममार्फत बालबालिकाको आधारभूत शिक्षामा गुणस्तरीयता र नवीन प्रयोगलाई अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ। कार्यक्रममा प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, विशिष्ट अतिथिका प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, महानगर अध्यक्ष राहुल श्रीवास्तव, सल्लाहकार इमामुद्दिन अहमद, सह–सचिव राम बाबु प्रसाद, पूर्व वरिष्ठ उपाध्यक्ष श्याम केसी, कोषाध्यक्ष प्रबिन चौधरी, सन्नी पाख्रीनलगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ा पूर्व–प्राथमिक तहका शिक्षक–शिक्षिकालाई सिकाइ–सन्देशलाई खेलकुद, सिर्जनात्मकता र नवीन विधि–प्रविधिबाट अझ प्रभावकारी बनाउन मद्दत पुर्याउने आयोजकले विश्वास व्यक्त गरेका छन्।