गृहमन्त्री रमेश लेखक बीरगंज आउनु भएको छ । गत एक हप्ता देखी बीरगंजमा हैजाको संक्रमण जनसमुदायमा बढ्न थालेपछि बीरगंजवासीहरु त्राहिमान भएका छन् । हैजा संक्रमितहरु बीरगंजको सरकारी तथा निजी अस्पतालमा उपचार गराईरहेका छन् । गृहमन्त्री रमेश लेखकले आईतवार बिहान हैजा संक्रमित भएका बिरामीहरु सँग भेटघाट तथा अस्पतालको निरीक्षण गर्ने कार्यक्रम तय रहेको बुझन आएको छ । आईतवार नै जिल्ला प्रशासन कार्यालय पर्सामा हैजालाई नियन्त्रण तथा रोकथाम गर्नका लागी कस्तो कदम चाल्नु पर्ने तथा जिल्लाको सुरक्षा सम्बन्धी बैठक हुने जनाइएको छ । गृहमन्त्री बीरगंजमा आगमान भएपछि सुरक्षा ब्यवस्था कडा पारिएको छ ।