नेपाल प्रहरीका एआईजी मनोज केसी लगायत प्रहरी अधिकृतहरुले बीरगंज महानगरपालिका वडा नम्बर ४ स्थित रहेको वडा प्रहरी कार्यालय बिर्तामा निरीक्षण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरीले सञ्चालन गदैै आएको कार्यदक्षता मुल्यांकन पुलिस बटन २०८२ अन्तर्गत प्रहरी प्रधान कार्यालयबाट आएको निरीक्षण तथा अनुगमन टोलीले प्रहरी कार्यदक्षता, संगठनात्मक संरचना, सेवाप्रवाह र जनसम्पर्कको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्दै मूल्यांकन गरेको हो। निरीक्षण गर्दै एआइजी मनोज केसीले प्रहरी संगठनलाई अझ सक्षम, जनमुखी र अनुशासित बनाउन निरन्तर अभ्यास र तालिम आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० गौतम मिश्र लगायत प्रहरीको सहभागिता रहेको थियो ा।
उक्त निरीक्षणले प्रहरी सेवाको गुणस्तर अभिवृद्धि गर्न, आन्तरिक संरचना सुदृढ बनाउन र प्रहरीलाई थप उत्तरदायी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। यसैगरी एआईजी मनोज केसी लगायत प्रहरी अधिकृतहरुले टा्रफिक प्रहरी कार्यालय पथलैया बाराको निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।
नेपाल प्रहरीले “एयष्अिभ द्यबतयल २०८२” कार्यक्रम देशभरका विभिन्न जिल्ला र इकाइमा चरणबद्ध रूपमा सञ्चालन गरिरहेको जनाएको छ।