अबैध लागु औषध सहित बारा प्रहरीले एक युवकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा पाँच किलो गाँजा सहित जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ खोस्रोपल बस्ने मदन यादवको २० वर्षीय छोरा मुना यादवलाई पक्राउ गरिएको हो । पक्राउ परेका मुनाले दचण्छm ठठज्ञड भारतीय नम्बरको मोटरसाईकलमा सवार भई पथलैयाबाछ जैतापुर तर्फ जाँदै गर्दा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रसनि राजहरण यादवको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा मोटरसाईकलको टयांकी मुनी फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा गाँजा बरामद गरिएको छ । यसैगरी लागु औषध गाँजा सहित बारा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रोनगढ नगरपालिका वडा नम्बर २ नयका टोल बस्ने रिता देबीको घरबाट प्रहरीले अबैध १३८ किलो ७०० ग्राम अबैध लागु औषध बरामद गरिएको हो । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले यही आईतवार सांझको बखतमा रिता देबीको घरमा खानतलाशी गर्दा खाटमुनी जुट र प्लाष्टिकको बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको हो । गाँजा सहित पक्राउ परेकी रिता देवीलाई बारा प्रहरीले अनुसन्धान गरिहेको छ ।