खानेपानी मन्त्री प्रदीप यादव बीरगंज महानगरपालिका मेयर राजेश मान सिंहलाई ज्यान मार्ने धम्की दिने टिकटिकर किरण साह अस्पताल भर्ना भएकी छिन् । ज्यान मार्ने उधोगमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या आएपछि बीरगंजको नारायणी अस्पतालमा भर्ना गरीएको पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिनुभयो । अहिले वहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ , पहिला पनि स्वास्थ्यमा समस्या आएपछि उपचार पछि पुन जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको थियो । अहिले पनि स्वास्थ्यमा पुर्ण सुधार भएपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरातसतमा नै राखिने प्रहरी नायब उपरिक्षक लम्सालले बताउनु भयो । पक्राउ परेकी साहलाई पेट तथा बान्ता आउने समस्या रहेको चिकित्सकले जानकारी दिनुभयो ।