बीरगंज महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जयप्रकाश साहले घुसको रकम लिएर नियम बिपरित जग्गा हस्तान्तरणको सिफारिस गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । वडाध्यक्ष साहले होटलका सञ्चालकहरु सँग मोटो रकम लिई जग्गाको किर्ते सिफारिसको गरेको आरोपमा वहाँमाथी अख्तियार दुरुपयोग अनुसन्धान उजुरी परेको बुझनमा आएको हो । बीरगंज वडा नम्बर ६ आर्दशनगर स्थित रहेको स्काईलाईन इन्फ्रा लिमिटेड, होटल पुजन , कन्ट्रीयन प्रालि सहित १७ जना होटल ब्यवसायीहरुले वडाध्यक्ष साहले बिवादित ब्यवसायी प्रदीप केडिया, र मदनलाल केडिया सँग मिलोमतो गरी वडा नम्बर १० र ४ मा रहेको जग्गा गैरकानुनी रुपमा केडिया परिवारको नाममा हालसाबिक गर्न सिफारिस गरेको आरोप लागेको छ । सोही जग्गा सिफारिस गर्न वडाध्यक्ष जयप्रकाश साहले केडिया परिवार सँग मोटो रकम लिई सिफारिस गरेको होटल ब्यवसायीहरुको भनाई रहेको छ । अख्तियार दुरुपयोगमा उजुरी दिएका एक एक सुनिल गुप्ताका अनुसार, जग्गा नाप जाँच ऐन २०१९ को दफा ८ ९क० अनुसार साबिक नाप जाँचको श्रेस्ता स्वतः खारेज भइसकेको छ । तसर्थ, शाहको सिफारिस पूर्ण रूपमा अवैध छ । उजुरीमा यो कार्य अख्तियारको खुला दुरुपयोग भएको उल्लेख छ । साथै, सिफारिसमा उल्लेखित कित्ता नम्बर अस्तित्वमा नरहेको र जग्गा वडा नं। ६ मा नपर्ने भएकाले पनि यो विषय अनुसन्धानको दायरामा आउने उजुरीकर्ताको दाबी छ । वडाध्यक्ष साहलाई चिन्ने सोही वडाका ब्यतिmहरुले वडामा कुनै काम लिएर जाँदा पनि वडाध्यक्षले बिना रकम नलिई काम नगरेको ६ नम्बरका एक वासिन्दाले भने, सिफारिस गराउंदा वडाध्यक्ष साहले रकम बिना कलम नै नचलाएको दाबी गरेका छन् । जनप्रतिनिधी नै जनता सँग खुलेआम घुस माग्ने गरेको आरोप लागेको छ । यस सम्बन्धमा वडाध्यक्ष जयप्रकाश साहले आफुले कुनै गतल काम नगरेको बताउनु भयो ।