बीरगंज युवा समाजले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा १३ महिला सहित १०३ जनाले रक्तदान गरेका छन् ा रक्तसञ्चार केन्द्र बीरगंजमा रगतको अभाव देखिएपछि परिर्वतनको लागी बीरगंज युवा समाज नारा राख्दै बीरगंजको होटल मकालुमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान दिनेहरुमा काजल कोइराला, मिरा सिंह, रोजी प्रधान, स्वस्तिका श्रेष्ठ, मञ्जु भण्डारी, प्रीति गुरुङ, मञ्जु गुरुङ, सुन्दिपा श्रेष्ठ, दीपिका चापागाईँ, श्रीजल चौधरी, रञ्जना कार्की, सिद्धिका कार्की, सलिमा रोक्का, सञ्जीव थापा, राजेन्द्र भट्टराई, सन्दीप साह, रामकुमार बस्नेत, लगायतले रक्तदान गरेका छन् ा बिगत केही महिना देखी बीरगंजमा गर्मी बढेपछि रक्तसञ्चार केन्द्रमा रगतको अभाव भइसकेको थियो । बीरगंज युवा समाजले आयोजना गरेको बृहत रक्तदान कार्यक्रमको प्रशंसा गर्दे कार्यक्रमका प्रमुख अतिथी एवम् पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले रक्तदान गरेर कसैको जीवन बचाउनु जस्तो ठुलो धर्म नभएको बताउनु ््भयो । कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र , सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ा