२२ औ निजामती दिवसको अवसरमा बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा बिभिन्न ६० वटा प्रजातिको बिरुवा रोपिएको छ । ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा जिल्ला प्रशासन कार्यालय पर्साले आयोजना गरेको कार्यक्रममा बीरगंजको नगवा स्थित रहेको बाइपास सडक छेउमा बृक्षारोपण सम्पन्न भएको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदी, मधेश प्रदेश संघीय प्रहरी ईकाइका वरिष्ठ प्रहरी उपरिक्षक शान्तिराज कोइराला, पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र, सशस्त्र प्रहरी १३ नम्बरका गणपति पुरनचन्द्र भट लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।