बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा मास्टर डिग्रीको परिक्षामा नक्कली परिक्षार्थीलाई वडा प्रहरी कार्यालय बिर्ताका प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले पुष्टि गर्नुभयो । मास्टर ड्रिग्रीको परिक्षामा नक्कली परिक्षार्थी बनी परीक्षा दिईरहेको अवस्थामा बीरगंज छपकैया वडा नम्बर २ निवासी मोहम्मद आलमलाई पर्सा प्रहरीले नियन्त्रणमा लिइएको हो । नेपाली कांग्रेश क्षेत्र नम्बर २ का क्षेत्रीय् सभापति मोहम्मद सहाबुद्दीनको मास्टर डिग्रीको परिक्षा उनका छोरा मोहम्मद आलमले दिईरहेका अवस्थामा बिधार्थी युनियनले हो हल्ला गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । ठाकुरराम क्याम्पसमा अध्ययनरत रहेका बिधाथीहरुले मोहम्मद सहाबुद्दीनको परिक्षा उनको छोरा अफताबले दिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको सोही क्याम्पसका बिधार्थीहरुको दाबी रहेको छ । प्रहरी नियन्त्रणमा रहेका मोहम्मद अफताबलाई सञ्चारकर्मीहरुले तपाई किन पक्राउ परेको प्रश्न गर्दा जवाफमा मोहम्द अफताबले तपाईको किन चाहियो भन्दै जवाफ फर्काएका छन् । अरुको परिक्षा तपाईले दिन मिल्छ सञ्चारकर्मीले प्रश्न गर्दा मोहम्मदले पता लगानुस नि त भन्दै जवाफ फर्काएको स्पष्ट भिडीओमा सुन्न सकिन्छ । यता पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले जनाए अनुसार प्रहरी नियन्त्रणमा रहेका मोहम्मद अफताबले नक्कली परिक्षार्थी बनेर परीक्षा दिइएको बिधार्थीहरुबाट सुन्न आएको बताउंदै घटनाबारे ठाकुरराम क्याम्पसका प्रशासन प्रमुखको प्रतिक्षा गरेर बसेका छौ , क्याम्पस प्रमुखले लिखित पत्र लेख्दै प्रहरी हिरासतामा रहेका मोहम्मद अफताब नक्कली परिक्षार्थी बनी परीक्षा दिई रहेको पत्र आएपछि हामी कानुन बामोजिम कारवाही गर्ने प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनु भयो । यता ठाकुरराम क्याम्पसमा आवद्ध रहेका बिभिन्न बिधार्थी संगठनहरुले नेपाली कांग्रेश क्षेत्र नम्बर २ का क्षेत्रीय् सभापति मोहम्मद सहाबुद्दिनले शतिm केन्द्रको आडमा छोरा बचाउनका लागी झै झगडाको संकेत प्रहरीले दिन खोजेको आरोप लगाएका छन् ।