बीरगंज नगर क्षेत्रमा स्थानिय प्रशासनले कपर्यु जारी गरेपनि जेनजीका समर्थकहरुले बिहान देखी घण्टाघर, माईस्थान, आर्दशनगर , घडिअर्वा , गहवा लगायतका स्थानहरुमा टायर बालेर बिरोध प्रर्दशन गरेका छन् । जेनजीमा आवद्ध रहेका प्रर्दशनकारीहरुले नेता चोर देश छोड, केपी ओली मुर्दावाद , नरसंहार गरेका नेताहरुलाई फासी दे, जस्ता नारा लगाउंदै बीरगंजको बिभिन्न स्थानहरुमा टायर बालेर प्रर्दशन जारी गरेका छन् । घण्टाघर , माईस्थानमा जेनजीका समर्थक तथा प्रहरीबीच झडप भएको छ । आंदोलनकारीहरुले घण्टाघर नजिकै रहेको प्रहरी बिटमा आगजानी गरेपछि झडप भएको हो । झडपमा प्रहरीले आशुग्यांस प्रहार गरेपनि प्रर्दशनकारीहरुको प्रर्दशन जारी नै रहेको छ । आंदोलनकारीले नेकपा एमाले पर्सा जिल्लाको कार्यालय तथा नेपाली कांग्रेश पार्टीको कार्यालयमा आगजानी तथा तोफफोड समेत गरेका छन् । प्रधानमन्त्री केपी ओलीले नरसंहार गरेको भन्दै आका्रेशित युवाहरुले एमाले पर्साको कार्यालयमा आगजानी र तोडफोड गरेका हुन् । बीरगंजको हरेक टोल टोलमा युवाहरुले टायर बालेर प्रर्दशन गरीरहेका छन् । जेनजीका समर्थक युवाहरुले बीरगंजमा एकजुट भई आंदोलन गरीरहेका छन् । प्रहरी र आंदोलनकारी बीच झडप हुदां बीरगंज रणभुमिमा परिणत भएको छ ।