आंदोलनकारीहरुले बीरगंज शम्शानघाट स्थित रहेको शिव पार्वती प्रहरी चौकीमा आगजानी गरी पुर्ण रुपमा नष्ट गरेका छन् । ठुलो संख्यामा आएका प्रर्दशनकारीहरुले शिव पार्वती प्रहरी चौकीमा प्रवेश गरेर आगजानी गरेको स्थानियहरुको भनाई रहेको छ । आगजानीमा मानवनीय झति नभएको समाचार प्राप्त भएको छ । यसैगरी आंदोलनकारीहरुले बीरगंज महानगरपालिका रानीघाट स्थित रहेको प्रहरी चौकीमा आगजानी गरी हथियार लुटेर लगेको पर्सा प्रहरीको आरोप रहेको छ । घटनाबारे थप बिवरण आउन बांकी