आंदोलनकारीहरुले बीरगंज महानगरपालिका नगर प्रमुख राजेश मान सिंहको घरमा आगलागी गरेका छन् । आगलागीबाट मेयर सिंहको घर पुर्णरुपले झतिग्रस्त भएको छ । स्थानिय वासिन्दाहरुले बताए अनुसार ठुलो संख्यामा आएका प्रर्दशनकारीहरुले मेयर सिंहको घर लक्षित गर्दै पेटा्रेल छर्रकेर आगलागी गरेको बताएका छन् । आगलागीबाट करोडौ रुपैया भन्दा बढीको झति भएको हो । आगलागी नियन्त्रण गर्न आएको वारुण यन्त्रलाई आंदोलनकारीहरुले रोक समेत लगाएको स्थानिय वासिन्दाहरुले बताएका छन् । मेयर सिंहको घरपुर्ण रुपले आगजानी भएपछि मात्र सुरक्षाकर्मीहरु आएको बताए ा यसैगरी नेपाली कांग्रेशका नेता एवम् पुर्व सांसद अनिल रुगटाको घरमा आंदोलनकारीहरुले तोडफोड गर्दै आगजानी गरेका छन् । त्यस्तै मधेश प्रदेशका पुर्वमुख्यमन्त्री लालबाबु राउत गद्दीको घरमा पनि आथजानी गरेका छन् ।