बीरगंजको कारागारमा कैन्दी जीवन बिताईरहेका कैदीहरु भाग्न प्रयास गरेपछि प्रहरी प्रशासनले आशुग्यांस तथा हवाई गोली फायर गरेका छन् ा बिहान बुधवार ठुलो संख्यामा कैदीहरुले बीरगंज कारागारको पर्खाल भत्काएर छतमा जम्मा भएर भाग्न प्रयास गरेका छन् । प्रहरीले कारागारको चारैतिरबाट ब्यापक सुरक्षा तैनाथ गरेको छ । कैदीहरुलाई नियन्त्रणमा लिनका लागी अहिले सम्म प्रहरीले एक दर्जन भन्दा बढी हवाई फायर गरीसकेको स्थानियहरुले बताउछन् । त्यहाँ उपस्थिती रहेका एक प्रत्यक्षदशीले बताए अनुसार अहिले यहाँको अवस्था तनावपुर्ण रहेको बताउंदै कैदी बन्दी तथा प्रहरी बिच झपड भईरहेको छ । कैदीहरु भाग्नका लागी अन्तिम प्रयास गरेपनि प्रहरीले हरेक सुरक्षा अपनाएर कैदीहरुलाई नियन्त्रणमा लिन प्रयास जारी गरेको छ । यसैगरी मंगलवार सांझ बालसुधार गृहमा कैदी फरार भएपछि अवस्था तनावपुर्ण स्थिती रहेको थियो । बाल सुधार गृहबाट फरार रहेका तीनजान कैदीलाई पर्सा प्रहरीले बुधवार राती पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको बुझनमा आएको छ । यो समाचार तयारी गर्दासम्मको हो थप बिवरण आउन बाँकी