बीरगंज कारागारमा तनावपुर्ण रहेको स्थितीलाई नेपाली सेनाले नियन्त्रणमा लिन सफल भएको छ । बीरगंज कारागामा कैदी जीवन बिताईरहेका कैदीका समुहले भाग्न प्रयास गरेपछि पर्सा प्रहरीले चारतिरैबाट घेरा हाली नियन्त्रणमा निल प्रयास गरेको थियो । कैदीहरुले कारागार भित्र रहेको पर्खाल भत्काएर छतमा आएर ढुगामुढां प्रहार गरेपछि स्थानिय प्रशासनले गोली फायर गरेको थियो । कैदी तथा प्रहरी बीच झपड भएपछि प्रहरीले १४ राउण्ड गोली तथा आशुग्यांस प्रहार गर्दा पनि नियन्त्रणमा नआएपछि नेपाली सेनाको टोलीले घटनास्थलमा पुगेर कारागारबाट भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिन सफल भएको हो । अहिले बीरगंज कारागारको अवस्था सामन्य रहेको बुझनमा आएको छ ।