हिन्दुहरुको महान पर्व बडा दशैको अवसरमा बीरगंज स्थित रहेको गहवामाई मन्दिरको वरिपरि एरियामा झिलिमिली गरी मन्दिरलाई सिंगारिएको छ । माईस्थान सञ्चालक समितीले बडादशैको पावन अवसरमा भतmजनहरुलाई पुजाआर्चना गर्नका लागी बिशेष सुबिधा उपलब्ध गराएको मन्दिर सञ्चालका समितीले जनाएको छ । सोमवार बडादशैको पहिलो दिन घटस्थापनामा गहवामाई मन्दिरमा पुजाआर्चना गर्नका आएका श्रदालुहरुलाई सहज तरिकाले दर्शन गर्नका लागी सम्पुर्ण तयारी भएको बताएका छन् । मन्दिर सञ्चालकले गहवामाई मन्दिरको प्राणड्मा मोबाईलबाट सेल्फी, टिकटक तथा भिडीओ बनाउनका लागी प्रतिबन्ध गरेको निर्णय गरेको छ भने, श्रदालुहरु पुजाआर्चन गर्न आउंदा गरगहना नलगाएर आउन आग्रह गर्दै मन्दिरको एरियामा स्वास्थ्य सेवा सुबिधा पनि उपलब्ध गराएको तथा कुनै प्रकारको दर्शननार्थीहरुलाई समस्या नहोस भन्दै स्वयम् सेविका र प्रहरी परिचालन गरेको निर्णय गरिरएको बताएका छन् । शतिmपिठ गहवामाई मन्दिर भनेर प्रचलित रहेको हुनाले बारा पर्सा तथा छिमेकी राष्ट्र भारतबाट भतmजनहरु पुजाआर्चना गर्न आउने गरेका छन् । यसैगरी बडादशैको पहिलो दिन बिश्व हिन्दु परिषद् पर्साले भब्य चुनरी यात्राको तयारी पुरा गरेको छ पत्रकार सम्मेलन गर्दै घटस्थापनाको दिन परिषद्को नगर समितिका सचिव दिपेन्द्र दिन दिउसो ३ बजेदेखि करिब १५ सय भक्तजनहरूको सहभागितामा १५१ मिटर लामो माताको चुनरी यात्रा सुरु हुने हिन्दु परिष्द नगर समितीका सचिव दिपेन्द्र सरार्फले जानकारी दिनुभयो । भब्य चुनरी यात्रा नगरको बिभिन्न भागको परिक्रमा गरी पुन माईस्थान मन्दिरमा पुगेर बिशेष पुजा आराधना सहित सम्पन्न हुने पत्रकार सम्मेलनमा सचिव दिपेन्द्र सरार्फले बताउनु भयो । यस भब्य यात्रामा सम्पुर्ण बीरगंजासीहर सहभागी हुनका लागी हिन्दु परिष्दले आग्रह गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै सचिव सर्राफले भारतका विभिन्न राज्यहरूमा विशेषगरी घटस्थापनाको दिन निकालिने चुनरी यात्रालाई यसपालि पहिलो पटक वीरगञ्जस्थित गहवामाई मन्दिरमा आयोजना गरिएको हो। यस यात्रामा भक्तजनहरूले हातमा बोकेको चुनरीमार्फत आशीर्वाद प्राप्त गर्ने धार्मिक मान्यता रहेको बताउनु भयो ।