हिन्दुहरुको महानपर्व बडादशैको चाडपर्वको अवसरमा बीरगंज बजारमा किनमेल गर्नहरुको घुईचो लागेको छ । बडादशैको पहिलो दिन घटस्थापनमा पुजा आर्चना गर्नका लागी पुजासामाग्री खरीद गर्नहरुको भिडभाड लागेको ब्यवसायीहरु बताएका छन् । देशका आर्थिकमन्दीका कारण बीरगंज बजारमा चहलपहल हुन छाडेको थियो । दशैको उपल्यक्षमा बजारमा ग्राहकहरु भिडभाड ब्यापारीहरु हर्षित भएका छन् । आंदोलनले गर्दा बजार बन्द हुदाँ ब्यापारीहरुलाई मर्का परेको बीरगंज मेनरोडमा कपडा ब्यवसायी गरेर जीयनयापन गरेका हरेरामले भने, यसपालीको दशैको बीरगंज बजारमा निकै नै चहलपहल हुने ब्यापारीहरले अनुमान गरेका छन् । आईतवार साँझ बजारमा भिडभाड बडेपछि टा्रफिक ब्यवस्थानमा कमि कमजोरी देखिएको ब्यापारीहरुले गुनासे गरेका छन् । गा्रहकहरु सामान खरीद गर्न आउंदा टा्रफिक ब्यवस्थापन नहुदां समस्या परेका बताएका छन् । माईस्थान देखी आर्दशनगर सम्म टा्रफिक ब्यवस्थान फितलो हुदां आवत जावत गर्नका कठिनाई भएको ब्यापारीहरुको गुनासो रहेको छ । टा्रफिक ब्यवस्थापन किन हुन नसकेको बुझन खोज्दा जिल्ला टा्रफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक सँग सम्र्पक गर्दा वहाँ मोबाईल सम्र्पक हुन सकेनन् ा