बीरगंजमा नियन्त्रणमा देखिएको हैजाको संक्रमण फेरी बढ्न थालेको छ । गत भदौ ६ गते देखी बीरगंजमा बढेको हैजाको संक्रमण भदौको तेसा्रे हप्ता देखि नियन्त्रणमा आएको हैजाको संक्रमण पुन बढेको नारायणी अस्पतालका चिकित्सकहरु बताउछन् । हरेक दिन २० देखी २० जनाको संख्यामा हैजाका संक्रमण बिरामी उपचारको लागी नारायणी अस्तापलमा भर्ना भईरहेको डाक्टर उदय नारायण सिंहले बताउनु भयो ा नियन्त्रणमा आएको हैजाको संक्रमण बढेपछि बीरगंजवासीहरु फेरी त्रसित भएका छन् ा बीरगंज महानगरपालिकाले आईतवार सार्वजनिक गरेको तथ्यांड् अनुसार महानगरमा मात्र संक्रमितको संख्या २२४ पुगेको छ भने पोखरीया अस्पतालमा १८ जना थपिएको छ । पर्सा जिल्लामा हाल हैजाका संक्रमित बिरामीहरु संख्या ४२ पुगेको हो ।