बीरगंज देशको आर्थिक नगरी तथा मधेश प्रदेशको एकल महानगरपालिका , यस नगरलाई देश मात्र होईन बिदेशमा बस्ने नागरिकहरुले पनि बीरगंज नगरक्षेत्रलाई आर्थिक नगरी भनेर चिने गर्छन् । बीरगंजको आफनै ईतिहास रहेको छ । राणशासन , पञ्चायत ब्यवस्था, राजसंस्था , मधेश तथा जेनसीको आंदोलनमा बीरगंजले अहम भुमिका निर्वाह गर्दै आईरहेको छ । देशमा जब सता परिर्वतन हुन्छ त्यसबेला बीरगंजवासीहरुले सत्ता परिर्वतनको लागी अहम भुमिका खेलेको छ । देशको राजधानी पछि अन्तराष्ट्रिय मिडीया तथा राजनितिक दलका नेताहरुले बीरगंजको आंदोलन बढै चासो लिएका हुन्छन् । बीरगंज आर्थिक नगरी नभएर देशको मेरुदण्ड नै हो । देशमा निरकुशं शासन ढलेर गणतन्त्र आएपनि बीरगंज जुन तिब्र गतीमा बिकाशमा फड्को मार्नु पर्ने मार्न सकेन् । अन्य जिल्लाको बिकाश हेर्दा बीरगंज २५ प्रतिशत पनि बिकाश हुन सकेको छैन् । पञ्चायत ब्यवस्थामा बीरगंज नगर क्षेत्रको भौतिक संरचना जस्तो छ अहिले पनि त्यही संरचना नै रहेको छ । अन्य जिल्लाहरु बीरगंजलाई पछाडि पार्दै बिकाशमा मामलामा धेरै अगाडी बढीसकेका छन् । उदाहरणको लागी चितवन, बुटवल, लगायतका जिल्लाहरु रहेका छन् । देशको ६५ प्रतिशत राजस्व बीरगंज भन्सारबाट उठ्ने गरेको छ । राज्यले ६५ प्रतिशत बीरगंजबाट भन्सारबाट राजस्व लिने अनि यही शहरलाई अपहेलना गर्ने , बिकाश भएको शहरलाई राज्यले बजेट माथी बजेट थपिदै जाने बीरगंजको बजेटलाई कटौती गर्दै गएपछि बिकाश कता बाट हुन्छ त ? संघीय सरकारले बजेट कटौती गर्दा बीरगंजको बिकाश हुनमा कठिनाई भएको स्पष्ट देखिन्छ । संघीय सरकारले आफनो निती तथा निर्णय सच्चयाउनु पर्ने हो ।