बीरगज महानगरपालिकाको अलौबाट तस्करहरुले भरिया मार्फत तस्करी गराईरहेका छन् ा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मिलोमतोमा संस्थागत तस्करी सुचारु भएको छ ा सशस्त्र प्रहरी बल १३ नम्बर गणपतिपुरन चन्द भटले तस्करी नियन्त्रण गर्नका लागी अहोरात्र खटेपनि उनकै मतहातका प्रहरी युनिटले तस्करी संचालन गराएको एक तस्करले भने, नेपाल प्रहरीका प्रहरी उपरिक्षक गौतम मिश्रको सरुवा भएदेखी बीरगंज नगरक्षेत्रबाट ब्यापक तस्करी सुचारु भएको छ । बीरगंजको अर्लौबाट खुलेआम दिउँसो तस्करहरुले भरियाको माध्यमबाट तस्करी गराएको प्रमाण सहित फेला परेको हो । बीरगंजका नामुद तस्करहरुले भरियाको माध्यमबाट अटो रिक्शाको सिटमुनीबाट भारतीय कपडा, काजु, हार्डवयर सहज तरिकाले ल्याउने गरेका छ भने तस्कर गिरोहले भारतबाट नेपाल आउने गरेको साईकलमा लोड गरेको खाद्दको बोरामा भारतीय रजनीगन्धा लिएर आइरहेका छन् । डिउटीमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले प्रत्येक साईकल र अटो रिक्शाबाट १ सय देखी ५ सय रुपैया लिने गरेको एक तस्करको दाबी रहेको छ । अर्लौ नाकाबाट तस्करी संचालनमा आएको जानकारी आएपछि घटनास्थलमा पुग्दा तस्करहरुको लाईन खडा भएको भिडिओ सहित पेश गरेका छौ । अर्लौ नाकामा केही समस्या आएको हुनाले तस्करहरु नेपाल र भारतको सिमामा नै जम्मा भएर बसेको स्पष्ट देखिन्छ ा यसैगरी बीरगंजको मुख्य बाटो मेनरोड र ईनवा गाउँबाट महिलालाई प्रयोग गरी कपडाको ब्यपाक तस्करी भईरहेको छ । डिउटीमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले तस्कर सँग साठगाँठ गरी अटो रिक्शामा लकाई छिपाई दैनिक कपडा, कुर्ता सुरुवाल महगो साडी रक्सौलबाट भन्सार छली बीरगंजको बजारमा पुयाउने गरेका छन्् ा बीरगंजको मेनरोड र ईनर्वा गाउँबाट बीरगंज नामुद तस्करहरुले आफनो तस्करी धन्दा फस्टाउन सफल भएका हुन् ।त्यसैगरी बीरगंजको छपकैयाबाट तस्करीहरुको गिरोह नै सक्रिय रहेका छन् । प्रन्येक राती २० वटा मोटरसाईकल ओसार पोसार भईरहेको स्थानिय वासिन्दाले भने, रातिको बखतमा तस्करका गिरोहहरुले मोटरसाईकल प्रयोग गरी भारतीय कपडा , जुता , भेप, औषधी लगायतका तस्करीको सामान ल्याउने गरेका छन् । छपकैयाबाट बीरगंजका चार गुप्र तस्कर सक्रिय रहेका छन् । मोटरसाईकलबाट लोड गरेर बीरगंजको टा्रन्सपोर्टमा तस्करीको सामान दिने गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा पर्साबाट तस्करी मौलाएको हो । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बरका सशस्त्र प्रहरी उपरिक्षक तस्करी नियन्त्रण गर्नका लागी प्रयास गरेपनि उनको प्रयासमा पानी हाल्ने कार्य वहाँकै संगठन भित्र रहेका प्रहरीले गरीरहेका छन् ।