हिन्दुहरुको महानपर्व बडा दशै , तिहार तथा छठपर्वको मध्यनजर राख्दै जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला टा्रफिक प्रहरी कार्यालयको संयुतm पहलमा बीरगंजको पाँच स्थानमा यात्रु सहायता कक्ष हेल्प डेस्क स्थापना गरिएको छ । चाडपर्वमा यात्रुहरुको चाप बढ्ने भएकाले बाहिरबाट आएका यात्रुहरुलाई कुनै प्रकारको समस्या नहोस उदेश्यको बीरगंज नगर भित्र पाँच स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको पर्साका प्हरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिनुभयो । घण्टाघर , शंकराचार्य गेट, बसपार्क, परवानीपुर लगायत पाँच स्थानमा स्थापना गरिएको हेल्प डेस्कको उद्धाटन गर्दै प्रहरी नायब उपरिक्षक लम्सालले यात्रुको भीड बढी हुने समयमा यात्रु सहायता कक्षहरूले सूचना, दिशा–निर्देशन र आपतकालीन सहयोग प्रदान गर्ने बताउंदै यात्रुहरूको सुरक्षामा सुधार ल्याउने र दुर्घटना वा अन्य सम्भावित समस्या कम गर्ने अपेक्षा गरिएको बताउनु भयो । प्रहरीले स्थापना गरिएको यात्रु सहायता कक्षमा खटिएका प्रहरीले यात्रुहरुलाई सहजिकरण गर्दै सहयोग गर्ने प्रहरी उपरिक्षक लम्सालले भन्नु भयो । उद्घाटन कार्यक्रममा प्रहरी नायब उपरिँक्षक किशोर लम्साल, टा्रफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज भट् स्थानिय बुद्धीजिवी लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।