मानव सेवा आश्रममा आवद्ध रहेका कर्मचारीले बीरगंज महानगरपालिका वडा नम्बर १४ चिनिमिल स्थित रहेको आवाश क्षेत्रबाट ३५ वर्षीय पुरुषलाई उद्धार गरेको छ । बिगत केही दिन देखी चिनिमिल आवास क्षेत्र नजिकै रहेको पर्यटन बिकाश कार्यालय अगाडी बसीरहेको स्थानिय वासिन्दाले देखेपछि मानव सेवा आश्रममा खबर गरेका थियो । खबर पाउन बित्तिकै नाम ठेगाना बताउन नसक्ने पुरुषलाई मानव सेवाले उद्धार गरेको हो ा उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, आश्रमका प्रकाश थारु, र बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, आश्रमका केन्द्रीय सदस्य बिबेक महतो, लगायतको उपस्थिती रहेको थियो ा