अबैध चरेस सशस्त्र प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी चौकी बिओपी प्रसौनीबाट खटिएको प्रहरी टोलीले पर्साको पोखरीया नगरपालिका वडा नम्बर ७ जगतपुर मननपुर स्थित फुसको छापा्रेमा लुकाई छिपाई राखेको अवस्थामा १९ किलो चरेस बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बरका गणपति पुरनचन्द भटले भन्नु भयो, हामीलाई सुचना पाउन बित्तिकै सशस्त्र प्रहरी चौकी बिओपी प्रसौनीमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक चेतन बाहकोटीको कमाण्डमा खटिएका ६ जना प्रहरी फुसको छापा्रेमा खानतलाशी गर्दा दुइवाट कालो झोलाभित्रको कार्टुनमा १९,१२६ किलो चरेस लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो । सशस्त्र प्रहरीले चरेस बरामद गरेपनि हाल सम्म कुनै ब्यतिm पक्राउ परेको छैन् । चरेश कसको भने बिषयमा अनुसन्धान हुनुपर्ने देखिएको छ । बरामद गरिएको चरेश सशस्त्र प्रहरीले ईलाका प्रहरी कार्यालय पोखरीयाको जिम्मा लगाएको सशस्त्र प्रहरी उपरिक्षक पुरनचन्द भटले जानकारी दिनुभयो ।