बारा प्रहरी भारीमात्रामा अबैध लागु औषध गाँजा सहित एक पुरुषलाई पक्राउ गरी अनुसन्धान थालेको छ । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजका वरिष्ठ सई धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुरबाट बीरगंज तर्फ आउंदै गरेको बा २ ख ९५६९ नम्बरको मिनी ट्रकलाई नियन्त्रणमा लिई खानतालशी गर्दा ट्रकको छतमाथी सिलिडमा फल्स बटम बनाई त्रिपालले छोपेर लुकाई छिपाई राखेको अवस्थामा २८ पोका २३६,७५० किलोग्राम गाँजा बरामद गरिएको वरिष्ठ सई धन श्रेष्ठले जानकारी दिए । गाँजा सहित मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर १० बस्ने सानुलाल रुम्बाको छोरा ३८ वर्षीय रमेश रुम्बालाई पक्राउ गरेको हो । पक्राउ परेका रुम्बा मिनीट्रकका चालक पनि हुन् । प्रहरीले बरामद गरेको गाँजा सहितको ट्रक आफनो नियन्त्रणमा लिईएको छ ।