जय माता दि, गहवामाई कि जय नारा लगाउंदै हजारौको संख्यामा रहेका भक्तजनहरुले चुनरी यात्रामा उल्लेखनीय सहभागी जनाई नगर परिक्रममा गरेका छन् । बिश्व हिन्दु परिषद् नेपाल बीरगंज शाखाले आयोजना गरेको १५१ मिटर लामो नवदुर्गा भवानीको चुनरी यात्रामा हजारौको संख्यामा रहेका महिला भक्तजनहरुले बोकेर नगर परिक्रमा गरेका हुन् । नेपालमा पहिलो पल्ट हिन्दुहरुको महान पर्व बडादसैको पहिलो दिन घटस्थापनाको अवसर पारेर बीरगंजको गहवामाई मन्दिरको प्राड्गणबाट चुनरी यात्रा निस्कीएको हो । चुनरी यात्रामा भक्तजनहरुले गहवामाई कि जय , जय माता दि को नारा लगाउंदै नगर परिक्रमा गरेका छन् चुनरी यात्रामा ब्यापक प्रहरी परिचालन गरिएको थियो । नगर परिक्रमा पश्चात् यात्रा पुनः गहवामाई मन्दिर प्राङ्गणमा पुगेर विशेष पूजा–आराधनासहित समापन भएको थियो ।