गत भदौको पहिलो हप्ता बीरगंजवासीमा हैजाको संक्रमित बिरामीहरुको संख्या बढ्न थालेको थियो । नारायाण्ी अस्पतालका चिकित्सकले हैजा नै पुष्टि गरेपछि बीरगंज महानगरपालिका सचेत हुदै समयमा नै हैजा संक्रमण फैलिएको बीरगंजवासीहरुलाई अवगत भएपछि सतकर्ता अपनाएका हुन् ा महानगरपालिकाले हैजाको संक्रमण पैmलिएको बिभिन्न सञ्चार माध्यम जनाएपछि पर्सैली जगतका पत्रकारहरुले पनि उतm समाचारलाई पहिलो प्राथमिकता राखेर समाचार सम्प्रेष्ण गरेका हुन् ा हैजा भनेको फोहोर पानी खानाबाट हुने रोग हो । बीरगंजमा एक्कासी हैजाको संक्रमण कसरी फैलियो बारेमा संघीय सरकारले छानबीन गर्न टोली नै परिचालन गरेको थियो । कतिपय सर्वसाधारण नागरिकहरुले पानीटंकीको खानेपानी खाएर झाडापखाला लागेको बताएपनि हैजाको संक्रमण पानीबाट नै भएको पुष्टि हुन सकेनन् । छानबीन गर्ने आएका टोलीले के कारणले हैजा फैलिएको पता लगाउन सकेनन् । बीरगंजमा हैजा संकम्रणलाई नियन्त्रण गर्नका लागी दुई पक्ष पहिलो अंग्रपतिंमा खटिएका हुन् । पहिलो अंग्रपंितमा खटेका ब्यतिm हुन् बीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंह । दोसा्रे पर्सेली पत्रकारहरु हुन् । भदौको दोस्रो हप्ता हैजाको संक्रमण फैलिसकेको थियो । नगर प्रमुख तथा मिडीयाकर्मीले चेतना मुलुक कार्यक्रम होस वा समाचार सम्प्रेष्ण गरेर बीरगंजवासीहरलाई सुरक्षित रह्नुको साथै सावधानी अपनाएर बस्नु भन्दै हरेक बीरगंजवासीहरुको घरघरमा हैजा फैलिएको कम समयमा सबैलाई अवगत गराउन सफल भएको हो । हैजा रोगबाट बचौ र अरुलाई पनि बचाउँ मनुष्य जातीको धर्म यही नै हो् ।