हिन्दुहरुको महान पर्व बडा दशैमा गुणस्तरहीन पेय पदार्थ, मिठाई, पनीर लगायतको सामानहरु खुलेआम बिक्री बितरण भईरहेको छ । खुल्ला सिमानाकाको फाईदा उठाउंदै मिठाई पसलका संचालकहरुले भारतको रक्सौलबाट भरिया तस्कर मार्पmत मानवको स्वास्थ सँग खेलवाड गर्दै गुणस्तरीय सामग्रीहरुले बीरगंज बजारमा बिक्री बितरण भईरहेको छ । भारतको मोतीहारी, पटना , मजक्कपुर जस्ता जिल्लाहरुमा गुणस्तरहीन पाउने मिठाई , पनीर माईस्थानमा केही पसलमा खुलेआम बिक्री भईरहेको हो । दुधको पनीर भनेर ग्राहकलाई भटमासको पनीर बेच्दै आईरहेको एक ब्यापारीले नाम नछाप्ने शर्तमा भने, भारतबाट आएको मिठाईमा फुड क्लर लागेको हुन्छ जुन मानवको स्वास्थ्यमा गम्भिर असर पर्ने सक्छ । दुधको पनीर भनेर भटमासको पनीर अहिले बीरगंजम बजारमा सहज तरिकाले बिक्री बितरण भईरहेको ती ब्यापारीको भनाई रहेको छ । दसैको मेलामा मिठाई पसलमा भिडभाड भएको हुनाले गुणस्तरीहीन मिठाई तथा भटमासको पनीर ग्राहकलाई बेच्दै आईरहेका छन् । बजार अनुगमन गर्ने टोलीले उतm पसलमा अनुगमन गर्नुपर्ने ती ब्यापारीको भनाई रहेको छ । मानवको स्वास्थ्य सँग खेलवाड गर्ने ब्यापारीलाई कारवाही हुनुपर्ने हो । यसैगरी जिल्ला प्रशासन कार्यालय पर्सा र सरोकारवालाहरुको संयुतm टोलीले बुधवार घण्टाघर चौकदेखी महाबीरस्थान समम सडक पेटीमा जेरी बेच्ने मिठाई पसलमा अनुगमन गरेको छ । २२ वटा पसलमा अनुगमन गर्दा ७ वटा पसलमा प्रयोग गरेको तेल गुणस्तरहीन तथा पाँच वटा पसलमा प्रयोग भएको फुड कलर मापदण्ड अनुसार नभएको भेटिएको छ । अनुगमन टोलीमा खाद्य निरीक्षण अधिकारी सोनु साह, उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेल, वीरगंज महानगरपालिकाका प्रतिनिधि विभा मिश्र र वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधि मनोज कुमार दास लगायतको उपस्थिती रहेको थियो ा