जनेजीको आंदोलनको क्रममा केन्द्रिय कारागार जगनाथदेवल काडमाण्डौबाट फरार रहेका अभियुतmलाई पर्सा प्रहरी पक्राउ गरेको छ । पर्सा कालिकामाई गाउँपालिका वडा नम्बर ५ सिमरा बस्ने मुक्तिनारायण कुर्मीले आफनै श्रीमती ३५ वर्षीय संगीता देबी कुर्मीलाई घाँटी थिची हत्या गरेको आरोपमा पर्सा जिल्ला अदालतले कर्तब्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २५ वर्ष कैदको फैसला गरेको थियो । कैद भुक्तmानलाई मुक्तिनारायाण कुर्मीलाई केन्द्रिय कारागार जगनाथदेवल काठमाण्डौमा चलान गरेको थियो । २०८२, ५ , २४ गते जेनजीको आंदोलन हुदां केन्द्रिय कारागार जगनाथदेवल काठमाण्डौबाट फरार भएका कुर्मीलाई बिशेष सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिनुभयो । फरार कैदी कुर्मी आफनै घरमा लुकीछिपी बस्दै आईरहेको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक हरि बस्नेतले भन्नु भयो । पर्सा प्रहरीले कुर्मीलाई पक्राउ गर्दा उनको साथबाट आईडी नम्बर ३८८८१६८ पनि फेला परेको बताउनु भयो । पक्राउ परेका मुक्तिनारायाणलाई कैदी भुक्त्तानको लागी काठमाण्डौ पठाउन तयारी भईरहेको प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी दिनुभएको छ ।