परिवर्तनको लागी युवा नारा सहित बीरगंज जेसीजले ५३ औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । जेनजीको आंदोलनमा सहादत प्राप्त गरेका बीर सहिदहरुको सम्झना गर्दै जेसीजले एक सहिद एक फुल अभियान अन्तर्गत गमला बितरण कार्यक्रम गरेको हो ा बीरगंज जेसीजका अध्यक्ष सरोज चौरसियाको नेतृत्वमा मानवसेवा आश्रमलाई ७५ थान गमला हस्तान्तरण गरेका हुन् । गमला बितरण कार्यक्रममा प्रमुख अतिथी वरिष्ठ समाजसेवी पशुपति बिक्रम शाह,विशिष्ट अतिथी उधोग बाणिज्य संघ बिरगंजका अध्यक्ष हरि गौतम,समाजसेवी उषा शाह,अर्बिन्द श्रेष्ठ,मधु राणा लगाएतका विशिष्ट ब्यक्तिहरुको उपस्तिथि रहेको थियो । ा