बिधुत सर्ट हुदां बीरगंज महानगरपालिका वडा नम्बर ८ कार्यालयमा आगजनी भएको छ । बिहान करिब १० बजे एक्कासी बिधुत सर्ट हुदां आगलागी भएको वडा अध्यक्ष रितेश गुप्ताले जानकारी दिनुभयो । आगलागीबाट कार्यालयको एसी , डेस्क , टेबल, सोफा , कम्प्युटर , टेलिभिजन तथा महत्वपुर्ण कागजात पुर्णरुपले जलेर नष्ट भएको बीरगंज महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रितेश गुप्ताले भने, हामी कार्यालयमा उपस्थित हुदां नै आगजनी भएको बताउंदै लाखौ रुपैया भन्दा बढीको झति भएको बताउनु भयो । वडा नम्बर ८मा आगलागी हुदां सेवाग्रहीहरु मर्कामा परेका जनाउदं वडाध्यक्ष गुप्ताले छिटो भन्दा छिटो कार्यालय संचालनमा आउने बताए । घटनाबारे अनुसन्धान हुनुपर्ने वडाध्यक्ष गुप्ताको भनाई रहेको छ ।