अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई काठमांण्डौ महानगरपालिका नगर प्रमुख बालेन शाहले भेटघाट गरी तीन सुझाव दिएका छन् । भदौ २३ , २४ गते जेनजीको आंदोलनमा दमन गरेका तत्कालिन प्रधानमन्त्री गुहमन्त्रीमाथी कारवाही र छानबीन हुनुपर्ने सुझाव दिएका हुन् ा जेनजी आंदोलनमा सहभागी भएका साना बालवालिका माथी तत्कालीन केपी शर्मा ओलीको सरकारले दमन गर्दै नरसंहार गरेको हुनाले कारवाहीको दायारमा ल्याउनु पर्नै नगर प्रमुख बालेन शाहले भनेका छन् । भ्रष्टचार बिरोध आंदोलन गरेका जेनजीहरुको मांग छिटो भन्दा छिटो सम्बोधन होस ा बर्तमान मन्त्रिमण्डमा जेनजीमा आवद्ध रहेका युवाहरुलाई मन्त्रीमण्डलमा समावेश गरियोस काठमाण्डौका नगर प्रमुख बालेश शाहले प्रधानमन्त्री सुशीला कार्की समझ भेटघाट हुदां तीन सुझाव दिएका छन् । नगर प्रमुख शाहको सुझाव रामो होला । जेनजीको आंदोलनमा निजी क्षेत्र ,तथा सार्वजनिक सम्पतिमाथी आगजनी तथा तोडफोड गर्ने समुहहरुको पहिचान गरी कानुनी दायरा ल्याउनु पर्नै नगर प्रमुख शाहले सुझाव दिनुपर्ने हो । ३६ घण्टाको जेनजीको आंदोलनले देशमा बिध्वंश नै मच्चाएको छ । जेनजीको आंदोलनमा जुन बिध्वंस मच्चिएको छ ा दश वर्ष आर्थिक रुपले देश पछाडि परेको छ । यसको मार हामी सबै नेपालीहरुले काँधमा बोकेर हिड्नुपर्ने छ । आंदोलनको नाउँमा घुसपैठीयाहरुले जुन प्रकारको बिध्वंस मच्चाएका छन् तिनीहरुलाई अन्तरिम सरकारमा सहभागीका मन्त्रीहरुले कारवाहीको दायरा ल्याउनु पर्नै हो । नत्र आउने दिनमा नयाँ पुस्ताहरुले आंदोलन गर्याे भने यो भन्दा बढी देशलाई भmित हुनेछ भने बिध्वंस यो भन्दा बढी हुनेछ हामी कल्पान गर्न सक्दनौ । नगरप्रमुख बालेश शाह जेनजी युवा पुस्ता लोकप्रिय ब्यतिm हुन् उनले आदोलनमा आगजनी तथा तोडफोड गर्ने समुहलाइ पनि कानुनी दायरामा ल्याउनु पर्ने प्रधानमन्त्री कार्कीलाई सुझाव दिनुपर्ने हो ?