बडादशैको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाईटी शाखाद्धारा रानीघाटमा नि शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । उतm शिविरमा १५० जना भन्दा बढीले स्वास्थ्य सेवा उपचारपछि निशुल्क औषिध बितरण गरिएको हो । नेपाल रेडक्रस सोसाईटी उपशाखा तथा रानीघाट स्थित रहेको दुर्गा पुजा सेवा समितीको संयुतm आयोजनामा नि शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाका सभापति शतिस सिंह राजपुतको अध्यक्षतामा सम्पन्न भएके कार्यक्रममा बिरगंज महानगरपालिका वडा नं–९ का अध्यक्ष जवाहर प्रसाद गुप्ता डा। श्याम बाबू पटेल, दिनानाथ रौनियार, डा। प्रयांश तिमलसेना, डा। पृथ्वी चौरसिया, डा। प्रशान्त साह, डा। मौशम गुप्ता, डा। निशा सिंह लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको सञ्चालन कपडा बैंकका अध्यक्ष लालबाबू सिंहले गरेका थिए।