आपसी बिवादका कारण पर्साको छिपरमाई गाउँपालिका वडा नम्बर ५ भिष्वामा गोली प्रहार गरेको आरोपमा पर्सा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको छ । बिहीवार साँझ ‘सोही स्थानका १६ वर्षीय गोलु आलमलाई अपरिचित ब्यतिmले गोली प्रहार गरिएको थियो । घाईते आलमलाई तीन चारजना आएका समुले बायाँ तिघा्रमा गोली प्रहार गरी घाईते बनाएका थिए ा घाईते आलमको उपचार नारायणी अस्पतालमा भईरहेको छ ा भिष्वामा युवकमाथी गोली प्रहार भएको घटना सार्वजनिक भएपछि पर्सा प्रहरीले अनुसन्धान तिब्र बनाएको हो । प्रहरीले अनुसन्धान गर्दे जाँदा घाईते भएका आलम सांझ घर फर्किने बेलामा केही युवाहरुले उनको बाटो छेकेर बिवाद गरेका थिए ा बिवाद उग्ररुप लिएपछि गोली प्रहार गरेको घाईते आलमले प्रहरी समझ बयान दिएका हुन् । सोही स्थान बस्ने केही १६ वर्षका युवकहरुले बिगत केही दिन देखी भिस्वा बजारबाट झलमहिया तर्फ फर्किने किशोरी तथा युवतीहरुलाई निस्काउने काम गर्दै आईरहेको हुनाले सो बिषयमा झडप भएको थियो । गोलु आलमलाई सोही समुहका किशोरहरुलाई गोलली प्रहार गरेको प्रहरीले अनुमान गर्दै तीनजनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको हो । प्रहरी नियन्त्रणमा रहेका तीनजना युवकहरुको पुष्ठभुमि गाउँ समाजका नराम्रो रहेको बुझनमा आएको छ ।