गोल्डेन उर्फ शिवम साह कानुको हत्यामा संलग्न रहेका एक बालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ा पक्राउ पर्नेमा रामगढवा वडा नम्बर १ बस्ने नाम परिर्वतन हरि भने बालक रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता किशोर लम्सालले जानकारी दिनुभयो । २०८२, ६, १४ गते बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नम्बर ९ घर भई हाल बीरगंज महानगरपािलका वडा नम्बर १० बस्ने २० वर्षीय गोल्ड साह कानु गहवामाई मेला हेर्न आएको बेला राती ११ बजे गिता मन्दिरको रोडमा दोहोरो झडप हुदां खुनी दरिन्दे नामक समुहका गिरोहले चक्कु प्रहार गरी गोल्डेनको हत्या गरिएको थियो । चक्कु प्रहारबाट घाईते गोल्डेनलाई उपचारको लागी नारायाणी अस्पतालमा भर्ना गर्दा चिकित्सकले मृत घोषणा गरेको थियो । गोल्डेनको हत्या भएपछि पर्सा प्रहरीले उनको हत्या संलग्न रहेको आरोपीहरुलाई यस अधि नै पक्राउ गरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिसकेको छ । पक्राउ परेका बालकलाई पर्सा प्रहरीले पर्सा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक किशोर लम्सालले बताउनु भयो ।