बिश्व दुष्टि २०८२ दिवसको अवसरमा नि शुल्क आँखा परीक्षण शिविर सम्पनन भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा तथा राम कुमार महावीर प्रसाद केडिया आँखा अस्पताल, बिरगंजको संयुक्त आयोजनामा १८५ जना प्रहरीहरुको निःशुल्क आँखा परीक्षण गरिएको हो । आँखा परिक्षणको क्रममा परीक्षणका १०२ जनालाई चश्मा वितरण, ११३ जनालाई औषधि वितरण, १ जनामा मोतियाबिन्दु तथा १ जनामा उच्च हाई पावर रहेको पाइएको थियो। उक्त कार्यक्रमको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, प्रहरी नायब उपरीक्षक किशोर लम्साल, राम कुमार महावीर प्रसाद केडिया आँखा अस्पतालका नेत्र अधिकृत कौशल कुमार कर्ण, नेत्र सहायक अधिकृत सन्तोष ठाकुर, नेत्र सहायक अधिकृत आशा साह र अस्पताल व्यवस्थापन प्रतिनिधि प्रकाश कुमार वर्माको टोलीले आँखा परीक्षण गरेका थिए। यसैगरी बिश्व दुष्टि २०८२ दिवसको अवसरमा सशस्त्र प्रहरी बल १३ नम्बर गणमा कार्यगत रहेका ६८ जना प्रहरीको नि शुल्क आँखा परिक्षण गरिएको छ । नेत्र ज्योतीको आयोजनामा सशस्त्र प्रहरी बल १३ नम्बर गणमा आँखा परिक्षण गर्दै निशुल्क औषधी तथा चश्मा बितरण गरेका छन् ।