ट्रयाक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ भने अर्काै सख्त घाईते भएका छन् । पर्साको पर्सागढी नगरपालिकास्थित रहेको बिरुवा चोक नजिकै बृधवार राती बाराको जितपुरबाट आउंदै गरेको ०३, ०३६, प १०३९ नम्बरको पल्सर मोटरसाईकल अनियन्त्रित भई धान लोड गरेर रोकिएको ना ६ त ५०९४ नम्बरको ट्रयाक्टरको टेलरमा ठक्कर दिदां २५ वर्षीय प्रितम पटेलको घटनास्थलमै ज्यान गएको छ भने मोटरसाईकलमा पछाडि सवार भएका २७ वर्षीय नीरज साह कलवार गम्भीर घाईते भएका छन् ा घाईते नीरजको बारा नौतनस्थित रहेको एलएस न्युरो अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले ट्क्याटर चालक र धनीको खोजतलाश तिब्र पारेको छ ।