चिकित्सकको लापरवाहीले गर्दा एक गर्भवती महिलाको ज्यान गएको मृतकका परिवारजनहरुले आरोप लगाएका छन् ा रौतहट दुर्गाभगवती गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय रुबी खातुन गर्भवती अवस्थामा बीरगंजको साउथ सिटी हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक रुबी खातुनका आफन्तहरुले बताए अनुसार प्रसुति बिभाग प्रमुख रोग बिशेषज्ञ डाक्टर प्रिती यादवको लापरवाहीले गर्दा गर्भवती महिला खातुनको ज्यान गएको दाबी गरेका हुन् ा डाक्टर यादवले पहिलो पटक गर्भवती महिलालाई चेकजाँच गर्दा बच्चा र आमा सुरक्षित रहेको बताउंदै नर्मल डेलिभरी हुन सक्ने भन्दै केही भिटामिन औषधी सेवन गर्न महिलालाई सल्लाह दिएकी थिईन् ा चिकित्सक प्रिती यादवको सल्लाह तथा सुझाव अनुसार औषधी सेवन गर्दै आईरहेको मृतकका परिवारले भावुक हुदै बताउनु भयो । दोस्रो पटक आउंदा डेलिभरी नै हुने सम्पुर्ण तयारीको साथ आउनु होला चिकित्सक यादवले भन्नु भएको हुनाले मृतक रुबी खातुनलाई बेथा लागेपछि उपचारको लागी बीरगंजको साउथ सिटी हिमाल अस्पतालमा बुधवार भर्ना गरिएको थियो ा मृतक खातुनको उपचारमा खटिएका चिकित्सक प्रिति यादवको लापरवाहीले गर्दा तेसा्रे बच्चा जन्मिन नपाउंदै रुबी यो संसार छाडेर गईन् ा बुधवार साँझ रुबीलाई अस्पताल प्रशासनले मृत घोषणा गरेपछि मृतकका आफन्तहरुले अस्पतालमा हो हल्ला गरेपछि वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट ब्यापक प्रहरी परिचालन गरिएको थियो । अस्पताल क्षेत्रमा कुनै प्रकारको अप्रिय घटना नहोस भन्दै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालले बताउनु भयो । गर्भवती महिलाको उपचारको क्रममा मृत्यु भएपछि अस्पतालका निर्देशक डाक्टर सन्देश यादवको अनुसार मृतक रुबी खातुन साउथ सिटी हिमाल अस्पतालमा नियमित गर्भजाँच गरिएको थिएन् ा ३४ हप्ता सम्ममा एकपटक मात्र भारतमा जाँच गराएको र क्यासिल्सयम भिटामिन सेवन गरेको हिस्ट्री थियो ा डाक्टर सन्देश यादवले बिभिन्न सञ्चारमाध्यममा बताए अनुसार मृतक रुबी खातुन ३४ हप्तामा एकपटक भारतमा जाँच गराएको हुनाले मृत्यु भएको घुमारो तरिकाले जवाफ दिनुभएको छ । डाक्टर प्रिति यादवले डेलिभरी बिहान ८ बजे पहिलोपटक चेकजाँच गरेकी थिईन् ा नर्मल डेलिभरी गराउन सकिन्छ भन्ने निष्कर्षमा पुगेर दोसा्रे पटक जाँच गर्दा पनि नर्मल नै हुन्छ भन्दै अस्पताल प्रशासन र बिरामीका आफन्तहरुलाई भन्नु भएकी थिईन् ा भारतमा ३४ हप्ता चेकजाँच गराएको तिम्रो म चेकचाँच गर्न मिन्दैन अगाडी नै डाक्टर प्रिती यादवले मृतक रुबी खातुनका परिवारलाई अवगत गराउनु पर्ने वहाँको दायित्व हो । डाक्टरको यो पनि दायित्व र धर्म हो कुनै पनि बिरामी चेकजाँच गराउन आउँछ भने त्यसको उपचार गर्नु डाक्टरको कर्तब्य हो । अस्पतालका निर्देशक सन्देश यादवले आफनो डाकटरको लापरवाही हेरेर पनि नहेरको जस्तै गरेर मृतक गर्भवतीको दोष लगाएर उन्मुतिm पाउन प्रयास गरेको होलान ा डाक्टर प्रिती यादवले गर्भवती महिलाको उपचारको क्रममा ज्यान जानु वहाँको लागी यो नौलो घटना होईन् ा बिगत ६ वर्ष अगाडी बारा जिल्लाबाट गर्भवती महिला डेलिभरी गराउनका लागी बीरगंजको लिंक रोड स्थित रहेको भवानी अस्पतालमा भर्ना हुदां उपचारको क्रममा मृत्यु भएको थियो । उतm मृत्क महिलाको नियमित चेकजाँत गर्ने डाक्टर प्रिति यादव थिईन् । ६ वर्ष पछि डाक्टर प्रिति यादवले गर्भवती महिला रुबी खातुनको डेलिभरी गर्ने क्रममा ज्यान गएको छ । यो डाक्टर प्रिति यादवको लापरवाही होइन त के हो बीरगंजवासीहरु भन्दैछन् । सिटी हिमाल अस्पतालका प्रशासन तथा मृतकका आफन्तहरु बीच सहमती जुटेको छ ा मृत्कका परिवारलाई अस्पतालले प्रशासनले रु पाँच लाख रुपैया सहयोग गर्ने जनाएपछि मृत्कका परिवारले अस्पतालबाट शव बुझेका हुन् ा यता अस्पताल प्रशासनले हामीले मृतकका परिवारलाई पाँच लाख रुपैया सहयोग नगरेको भन्दै क्रिया तथा बाटो खर्च सहयोग गरेको दाबी गरेका छन् ।