नेकपा एमाले पार्टीका अध्यक्ष एवमे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकारको डर तथा त्रासले आफु देश छाडेर नजाने बताउंदै राहदानी रोक्का गरेर अहिले सरकार निरकुश शासन तर्फ गइरहेको बताउनु भयो । गणतन्त्रमा बोल्ने ,शान्तिपुर्ण ढंगले आंदोलन गर्ने सम्पुर्ण नेपालीहरुको मौलिक अधिकार रहेको जनाउंदै अन्तरिम सरकारले देशमा अशान्त फैलाएको हुनाले बिदेशीको ईशारामा चलेको यो सरकार सँग कहिले पनि नडराउने भन्दै बर्तमान परिस्थितीमा देशलाई बिदेशीको चंगुलबाट जोगाउनका लागी सम्पुर्ण नेपालीहरु एकजुट भई उभिनु पर्ने बताउनु भयो । जेनजीको नाउँमा बिदेशी चहलपहल बडेको स्पष्ट देखिएको छ । देश अहिले संकटको घडीमा फसेको हुनाले राष्ट्रियता अखडा जोगाउनका लागी एक ढिक्का भई अगाडी बढ्नु पर्ने समय आएको बताउंदै आफु यो डांणा छाडेर नजाने बताउंदै अहिले सरकार नेपालीहरुको नभएर अरुको ईशारामा गठन भएको समयले देखाउने छ । अन्तरिम सरकारले देशमा अशान्त होस भन्दै नयाँ बितण्डा मच्चाउने षडयन्त्र बुनिरहेको हुनाले देश तथा नेपालीहरुको रक्षा गर्नका लागी आफु पछाडि नपर्ने बताउनु भएको छ । हामी बीर नेपाली नेपाली हौ देश संकटको घडीमा आएको छ भने हामी सबैजनाको एकजुट भएर उभनु पर्छ ा देश भएपछि मात्र हामी नेपाली हौ गर्वको साथ भन सक्छौ ।