बिगत केही महिना देखी बारा पर्सामा हैजा महामारी फैलिएपछि संघीय सरकारले झाडापखला नियन्त्रण गर्नका लागी हैजा बिरुद्ध खोप अभियान सञ्चालन गरेको छ । हैजा संक्रमित भएका बिरामीहरु बढ्न थालेपछि बीरगंज महानगरपालिकाले बिभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरी पर्सा जिल्लावासीहरुलाई हैजा बिरुद्ध कसरी सुरक्षित रह्ने अभियान नै शुरु गरेको थियो । हैजा महामारीले गर्दा बारा पर्साका स्थानिय वासिन्दाहरु त्रसित समेत भएका थिए ा आईतवार देखी हैजा बिरुद्ध चलाएको खोप अभियान अन्तर्गत पर्सा जिल्लामा ५ लाख ५४ हजार नागरिकहरुलाई इयुभिकोल एस खोप दिईने लक्ष्य लिइएको जिल्ला जनस्वस्थ्य कार्यालय पर्साले जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले हैजा बिरुद्धको पहिलो खोप लगाएर औपचारिक रुपमा उतm अभियान शुभारम्भ गर्नुभएको हो । झाडापखला बिरुद्धको खोप लगाएर सुरक्षित रह्नका लागी पर्साका प्रमुख जिल्ला अधिकारी सुवेदीले पर्सावासीहरु सँग आवहान गर्नुभएको छ । हैजा बिरुद्धको खोप एक वर्ष भन्दा माथीका सबै उमेर समुहका ब्यतिmलाई दिईने छ । पर्सा जिल्लाको १४ स्थानिय तहमा १,९५० खोप केन्द्र स्थापना गरिएको छ भने सरकारी तथा निजी अस्पताल, विद्यालय, सरकारी कार्यालय, धार्मिक स्थल, बसपार्क, नेपाल–भारत सीमा नाका, उद्योग–कलकारखानालगायत स्थानमा हैजा बिरुद्धको खोप लगाइनेछ ा असोज २६ गते देखी हैजा बिरुद्धको चलाइएको खोप अभियान कार्तिक २ गते सम्म रह्नेछ । खोप अभियान उद्घाटन कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतम, चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा। मनोज कुमार गुप्ता, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरीका प्रमुख प्रहरी उपरीक्षक पूरणचन्द्र भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, तथा पर्सेली पत्रकारहरु लगायतले खोप लिएर अभियानमा सहभागिता जनाए। यसैगरी बारा जिल्लामा असोज २९ गतेदेखि हैजा विरुद्धको खोप अभियान सुरु हुने भएको छ।प्रारम्भिक चरणमा बाराका ६ पालिकामा कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर खोप केन्द्रित रूपमा सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाराले जनाएको छ।