बिधुत सर्ट भएर आगजनी हुदां लाखौ रुपैया भन्दा बढीको क्षति भएको भएको छ । शनिवार राती पर्सा जिल्ला पकहा मैनपुर गाउँपालिका वडा नम्बर १ बस्ने धुपनारायाण पटेलको घरमा एक्कासी बिजुलीको तार सर्ट भई आगलागी हुदां मोटरसाईकल, अन्नपात , लताकपडा अन्य सामग्रीहरु जलेर पुर्ण रुपले नष्ट भएको स्थानिय वासिन्दाहरुले बताए ा आगजनीबाट पटेलको घरमा रहेको तीनवटा चौपाया जलेर घाईते भएका छन् । स्थानिय वासिन्दा, नेपाल प्रहरी सहयोगमा करिब १ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको हो । घटनाबारे प्रहरीले अनुसन्धान थालेको पर्सा प्रहरीले जनाएको छ । नेपाल बिधृत प्राधिकरण बीरगंज शाखाले बिजुली दिने र काट्ने गरेपछि बिधुतको तार सर्ट भई आगजनी भईरहेको छ ।